काठमाडौं । नेकपा एमालेले आगामी मंसिरमा हुने पार्टीको १०औँ महाधिवेशनमा माधव नेपाललाई नबोलाउने बुझिएको छ ।
पार्टीको १०औँ महाधिवेशनका विषयमा जानकारी दिन बुधबार केन्द्रीय प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा विभाग प्रमुख योगेश भट्टराईले मुलुकभित्र र बाहिरका राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिने जानकारी दिएको छ ।
सोही क्रममा पत्रकारले एमालेबाट विभाजित भएर गठन भएको नेकपा एसलाई महाधिवेशनमा आमन्त्रण गरिने छ कि छैन भनेर राखेको जिज्ञासामा विभाग प्रमुख भट्टराईले भने, “पत्राचार गर्ने ठेगाना नभएका, अवैध सम्बन्धबाट बनेका राजनीतिक समूहका व्यक्तिलाई आमन्त्रण गर्दैनौँ । ठेगाना स्पष्ट भएका र राजनीतिक शक्तिका प्रमुखलाई भने बोलाउनेछौँ ।”
एमाले महाधिवेशन आगामी १०९१२ मंसिरमा चितवनमा आयोजना हुँदैछ ।