April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

विश्वभर संक्रमितको संख्या ७ करोड भन्दा बढी

2.5K

काठमाडौँ– कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष वित्दा विश्वभर संक्रमितको संख्या ७ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा ६ लाख ६१ हजार ८०६ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमित संख्या ७ करोड ६ लाख ८३ हजार नाघेको छ ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १५ लाख ८७ हजार ४८६ पुगेको छ ।

Advertisement

बितेको २४ घण्टामा १२ हजार ५४६ जना संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

अहिलेसम्म ४ करोड ९१ लाख ३० हजार ७७ जना संक्रमणमुक्त भएका छन्।

हाल विश्वमा १ करोड ९९ लाख ६५ हजार ८५० सक्रिय संक्रमित छन्। तीमध्ये १ लाख ६ हजार ८२२ जना गम्भीर बिरामी छन्।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ६० लाख नाघेको छ । त्यहाँ अहिलेसम्म २ लाख ९९ हजारभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन्।