April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

विद्युतीय सवारी साधन प्रयोग गर्न मन्त्री भुसालको आह्वान

२०७८ कार्तिक १३

4.2K

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले विद्युतीय सवारी साधन प्रयोग गर्न आह्वान गरेकी छन् । मुलुकको व्यापार घाटालाई कम गर्न, मुलुकको राष्ट्रिय अर्थ मन्त्रीलाई आत्मनिर्भर बनाउन र स्वच्छ वातावरण सहितको समुन्नत राष्ट्र निर्माण गर्नका लागि पनि अब सबैले विद्युतीय सवारी साधनको प्रयोग गर्नुपर्ने मन्त्री भुसालले बताइन् ।

शनिबार ललितपुरको जावलाखेलबाट विद्युतीय सवारी साधन ¥यालीको शुभारम्भ गर्दै मन्त्री भुसालले पेट्रोलियम पदार्थको खरिदबाट मुलुकमा व्यापार घाटा हुने गरेको उल्लेख गर्दै त्यसलाई न्यूनीकरण गर्दै लैजान पनि विद्युतबाट चल्ने सवारी साधनको प्रयोग आवश्यक रहेको बताइन् ।

मन्त्री भुसालले विद्युतीय सवारी साधन सबभन्दा सस्तो हुने र त्यसका लागि आवश्यक विद्युत मुलुकभित्रै पर्याप्त मात्रामा रहेको पनि बताइन् ।

Advertisement

‘विद्युतमा हामी आत्मनिर्भर भएका छौं र देशको सबै क्षेत्रमा चाहे घरायसी होस्, चाहे उद्योग र यातायात क्षेत्रका लागि होस् । त्यसलाई दिने ऊर्जा हामीसँग छ । दोस्रो हाम्रो ठूलो व्यापार घाटा आयाजित पेट्रोलियम पदार्थको कारणले भएको छ । २ खर्बभन्दा बढी पेट्रोलियम पदार्थको आयात हुन्छ । ४० अर्बभन्दा बढी एलपी ग्याँस आयात हुन्छ । यसलाई केवल विस्थापित गर्न सक्ने भनेको विद्युतीय ऊर्जा हो । त्यसैले यो असन्तुलित व्यापार घाटालाई कम गर्न र राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान पु¥याउन सबैले विद्युत सवारी साधनको प्रयोग गरौं र राष्ट्रिय अर्थतन्त्रमा योगदान गरौं । यो आफैंमा सस्तो छ।’, मन्त्री भुसालले भनिन् ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालभित्रै इनर्जीको खपत गर्न र नेपाललाई आत्मनिर्भर बनाउन विद्युतीय सवारी साधनको प्रयोग गर्न ढिलाइ गर्न नहुने बताए ।

घिसिङले विद्युतीय सवारी साधन संचालनका लागि सबै ठाउँमा चार्जिङ स्टेसनहरूको व्यवस्था हुने बताए ।

¥यालीमा मुलुकलाई आत्मनिर्भर बनाउन, स्वच्छ वातावरणको निर्माण गरी मुलुकलाई समृद्ध बनाउन विद्युतीय सवारी साधन सञ्चालन गर्न उपयुक्त हुने खालको सन्देशसहितको प्लेकार्ड प्रदर्शन गरिएका थिए।