November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरुलाई हटाउनुपर्दछ भन्नु नाजायज र अनुचित कुरा हो :माधव नेपाल

२०७८ कार्तिक ११

3.3K

कैलाली । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई महाअभियोग लगाउनेबारे अहिलेसम्म कुनै छलफल नभएको बताएका छन् । समाजवादी प्रेस संगठन नेपाल, कैलालीद्वारा आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रधानन्यायाधीशलाई महाभियोग लगाउने विषयमा प्रवेश नै नगरेको स्पष्ट पारका हुन् ।

‘पाँच दलको बैठक बस्न सकेको छैन, यसबारे अनि मात्र थप कुरा भन्न सकिन्छ ।’, नेपालले भने ।

देशको स्वतन्त्र न्यापालिकाको मामिलामा हस्तक्षेप गर्न नहुने अध्यक्ष नेपालको भनाई थियो । ‘ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरुलाई हटाउनुपर्दछ भनी कुरा बाहिर आएको छ, त्यो अत्यन्तै नाजायज र अनुचित कुरा हो’, उनले भने ।

Advertisement

नेकपा (एकीकृत समाजवादी) नयाँ संस्कार र संस्कृति स्थापना गर्न नयाँ सोच र मान्यता बोकेको पार्टी भएको उनले उल्लेख गर्दै कम्युनिष्ट पार्टी नेताप्रधान नभई नीति र विचारप्रधान हो भएको पनि उल्लेख गरे ।