काठमाडौं । नेकपा एमालेका उप–महासचिव विष्णु पौडेलले आगामी चुनावपछि देश एमालेमय बन्ने बताएका छन् । मंगलबार रुपन्देहीमा बुटवल उपमहानगर कमिटीको प्रथम नगर अधिवेशनको उदघाटन गर्दै पौडेलले अबको तीनै तहको चुनावमा नेकपा एमालेले बहुमत प्राप्त गर्ने बताएका हुन् ।
पौडेलले यतिबेला नेकपा एमालेको ध्यान सिंहदरबारतिर नभएको, त्यतातिर हेर्न फुर्सद नभएको बताए । आगामी चुनावमा एमाले एक्लैले चुनाव लडेर तीनै तहमा ६० प्रतिशत भन्दा बढी नतिजा ल्याउने बताए । त्यसका लागि एमालेले वैचारिक, सांगठनिक सबै हिसाबले आफूलाई व्यवस्थित गरी जनतामाझ जाने बताए ।
‘परमादेशको सरकारको ठाउँमा नेकपा एमालेको नेतृत्वमा जनादेशको सरकार निर्माण गर्ने हिसाबले अगाडी बढ्छौं । डायरीमा लेख्नोस् छैन भने मोबाइलमा लेखेपनि हुन्छ नभए सम्झनामा लेखेर राख्नोस् आउने निर्वाचनमा तीनै तहमा बहुमतमा पनि ६० प्रतिशत भन्दा बढी मतले हामी चुनाव जित्छौं ।’, पौडेलले भने ।
पौडेलले एमालेबाट स्वार्थी,पदको लालचीहरू बाहिरीएपछि पार्टी झनै शक्तिशाली भएको बताउँदै दुई÷चार जना बाहिरीएर पार्टीलाई कुनै असर नपरेको स्पष्ट पारे ।