April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

दुलही सङ्क्रमितभएपछि पिपिइ लगाएरै सम्पन्न भयो विवाह

3.9K

काठमाडौँ – भारतको राजस्थानमा एक जोडीले पीपीई सेटमै विवाह गरेका छन् । गत आइतबार विवाह सुरु हुनुअघि बेहुलीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसैले कोरोना संक्रमणबाट बच्न बेहुला बेहुली दुवैले पीपीई लगाएका थिए । साथै विवाहमा सहभागी अन्य मानिसहरुले पनि पीपीई लगाएका थिए । उनीहरुको विवाह राजस्थानको बरानमा रहेको एक कोभिड–१९ क्वारेन्टिन सेन्टरमै भएको थियो ।

यज्ञमा पीपीईसहित बसेका बेहुला र बेहुलीले पीपीई बाहिरैबाट एकअर्कालाई वरमाला लगाइदिएका थिए । उनीहरुले भाइजर र मास्क पनि लगाएका थिए । उनीहरुलाई विवाह गराउने पुरोहितले पनि पीपीई सेट लगाएका थिए । बेहुला र बेहुलीको नाम भने खुलाइएको छैन । बेहुली बनेकी युवती र उनको परिवारलाई कोरोना संक्रमण देखिएपछि कोभिड–१९ सेन्टरमा राखिएको स्वास्थ्य अधिकारी राजेन्द्र मीनाले बताए । ‘हामीले दुवै पक्षका परिवारहरुसँग परामर्श गर्‍यौं र उनीहरु क्वारेन्टिन सेन्टरमा नै छोटोरुपमा विवाह सकाउन राजी भए’, उनले भने ।

विवाहपछि बेहुला र बेहुली दुवैलाई आइसोलेसनमा राखिएको छ ।

Advertisement

स्रोत : सीएनएन