November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

नेकपा एमालेले कात्तिक ९ गते देशैभरका पालिकाहरुमा अधिवेशन गर्ने

1.8K

काठमाडौं । महाधिवेशनअघि वडा र पालिका अधिवेशन सम्पन्न गर्ने तयारीमा रहेको नेकपा एमालेले कात्तिक ९ गते मंगलबार देशैभरका पालिकाहरुमा अधिवेशन गर्दैछ । पार्टीले दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० देखि १२ गते चितवनमा गर्ने तयारी गरेको छ ।

अध्यक्ष केपी ओलीले पार्टीको केन्द्रीय कार्यालय थापाथलीबाट दिउँसो १ बजे एकैपटक भर्चुअल माध्यमबाट पालिका अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको स्रोतल जनाएको छ ।

एमालेले ७५३ स्थानीय तहमा अधिवेशन गर्न लागेको हो । बाढी, पहिरो र डुवानले प्रभावित भएकाबाहेक सबैमा अधिवेशन हुने तामाङले भएको छ । अधिवेशनमार्फत ५ सदस्यीय पदाधिकारी छानिने छन् । अध्यक्ष –१, उपाध्यक्ष–१, सचिव– १ र उप–सचिव –२ चुनिनेछन् ।

Advertisement

पदाधिकारीसहित गाउँपालिका र नगरपालिकामा ७५ तथा उप–महानगरपालिकामा ८५ र महानगरपालिकामा १०१ सदस्यीय कमिटी चयन हुनेछ । एमालेले यसअघि कात्तिक ६ गते वडा अधिवेशन गरेको थियो ।