एजेन्सी । अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य समस्याका कारण निधन भएको छ । पावेलको ८४ वर्षको उमेरमा निधन भएको उनको परिवारले घोषणा गरेको छ ।
उनको परिवारले दिएको वक्तव्यका अनुसार पावेलले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएका थिए ।
अफ्रिकी अमेरिकी समुदायबाट विदेशमन्त्री बन्ने पहिलो व्यक्ति पावेल रिपब्लिकन दलसँग आबद्ध थिए भने विदेशमन्त्री हुनुअघि पूर्व उच्च सैनिक अधिकारी पनि थिए ।
उनी सन् २००० मा राष्ट्रपति जर्ज डब्ल्यु बुसका पालामा उनी अमेरिकी विदेशमन्त्री बनेका थिए ।
उनी अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार समेत रहेका थिए । बढ्दो लोकप्रियताका कारण पावेल अमेरिकाको पहिलो अश्वेत राष्ट्रपतिको दाबेदार बन्ने ठानिएको थियो । तर एउटा गलत गुप्तचरी सूचनाका आधारमा जबरजस्ती इराक युद्धको निर्णय गरेकाले उनको व्यक्तित्वमा धब्बा लागेको बिबिसीले जनाएको छ ।