April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

मलेसियामा हराएका एक युवालाई खोजिदिन परिवारको आग्रह

4.6K

मलेसिया । ३ वर्षदेखि मलेसियामा बेपत्ता भएका एक युवाको खोजि गरिदिन उनको परिवारले आग्रह गरेका छन् । साबिक देउमाई नगरपालिका वडा नम्बर–५ ईलामका देवकुमार खड्का मलेशियामै बेपत्ता भएको उनको परिवारको भनाई छ ।

परिवारका अनुसार करिब १२ बर्ष अघि रोजगारीका लागि मलेशिया नेओ जाइन्ट एम एसडिएन.बिएचडी नामक कम्पनीमा मलेशिया पुगेका उनले २०७४ सालको अन्तिमतिर फोन गरेर म अवैधानिक रुपमा काम गर्दैछु भनेका थिए । त्यसयता उनी सम्पर्कमा छैनन् ।

कमाउन भनेर मलेसिया गएका खड्का ३ वर्षदेखि एकाएक सम्पर्क बिहिन भएपछि परिवार बिचल्लीमा परेको परिवार स्रोतले जनाएको. छ । आफन्त नातागोता इष्टमित्र सबैसँग सम्पर्क विहिन भएर बस्नुपर्ने कुनै कारण नभएको उनिहरू बताउछन् । खड्काकी आमा छोराकै बाटो कुरेर बसेको उनको परिवारले बताए ।

Advertisement

देवकुमारका परिवारले मलेशियामा रहेका नेपालि संघसस्था, नेपाली समुदाय लगायत नेपाली राजदुतावासँग उनको अवस्था पत्ता लगाईदिन अनुरोध गरेका छन् ।

नेपालमा देवकुमारको श्रीमती र बच्चा पनि छन् ।