काठमाडौ । नेपाली कांग्रेसको कीर्तिपुर नगर सभापतिमा कृष्णमान डंगोल सर्वसम्मत रूपमा चयन भएका छन् ।
सभापति डंगोलसँगै उपसभापतिमा सुदन बस्नेत र राजिता महर्जन गौतम चयन भएका छन् भने सचिवमा इच्छाकुमार महर्जन र किरण केसी , सहसचिवमा सूर्यकान्त कोइराला र सानुमैया महर्जन चयन भएका छन् ।
त्यसैगरी कोषाध्यक्षमा कांग्रेस विधानअनुसार पवित्रा विष्टलाई मनोनित गरिएको छ ।
सभापति डंगोल पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट हुन् ।