November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपाली कांग्रेस कालिकोट जिल्ला सभापतिमा अम्बबहादुर शाही निर्वाचित

3.2K

कालिकोट । नेपाली कांग्रेस कालिकोट जिल्ला सभापतिमा रामचन्द्र पौडेलनिकट अम्बबहादुर शाही निर्वाचित भएका छन् । जिल्ला सभापति र सिंगो कार्यसमिति नै सर्वसम्मत रूपमा चयन गरिएको कांग्रेसले जनाएको छ ।

कालिकोटका ८२ वडा, ९ पालिका र २ प्रदेश सभा क्षेत्रमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको स्रोतले जनाएको छ ।

प्रदेश सभा क्षेत्रीय सभापति भने नन्दबहादुर सिंह र आनन्दकुमार शाही चयन भएका थिए ।

Advertisement