मुस्ताङ । नेपाली कांग्रेस मुस्ताङ सभापतिमा रोमी गौचन थकाली निर्वाचित भएका छन् । शनिबार भएको जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत रुपमा जिल्ला सभापति भएका हुन् ।
थकाली पूर्ववाणिज्य मन्त्रीसमेत हुन् भने उनी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन् ।
काङ्ग्रेसले एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिका लागि शनिबार विभिन्न हिमाली जिल्लामा अधिवेशन गरेको छ ।