November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

नेकपा एमालेमा उपमहासचिव पद हटाउने प्रस्ताव

2.9K

काठमाडौ । नेकपा एमालेमा उपमहासचिव पद हटाउने प्रस्ताव गरिएको छ । गोदावरीको सनराइज सभाहलमा शुक्रबारदेखि सुरू भएको महाधिवेशनमा सहभागीहरूलाई वितरण गरिएको प्रस्तावमा उपमहासचिवको पद हटाइएको हो ।

नयाँ व्यवस्थाअनुसार एमालेमा अब एक अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव १ र सचिव छ जना हुने प्रस्तावमा उल्लेख छ ।

केही समयअघि च्यासलमा भएको केन्द्रीय कमिटी बैठकमा उपमहासचिव बिष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमा २ जना उपमहासचिव राख्ने व्यवस्था गरिएको थियो ।

Advertisement

विधान महाधिवेशनबाट यो प्रस्ताव पारित भएमा एमालेमा उपमहासचिव हुने छैनन् । अहिले घनश्याम भुसाल र बिष्णु पौडेल एमालेका उपमहासचिव छन् ।