March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

‘देश महामारीले आक्रान्त हुँदा पनि सरकार कुम्भकर्ण जस्तो निद्रामा’

4.2K

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सिंगो देश कोरोना महामारीले आक्रान्त भएको बेला केपी ओली नेतृत्वको सरकार कुम्भकर्ण जस्तो निद्रामा भएको आरोप लगाएका छन्। उनले कोरोनाका कारण प्रभावित भएका क्षेत्रलाई राहतमा प्याकेज र नियन्त्रण गर्न कुनै तयारी नगरेको भन्दै फेसबुकमा स्टाटस लेखेर टिप्पणी गरेका हुन्।  

‘कोभिड संक्रमणको महामारीले सिंगो देश आक्रान्त छ । सरकार कुम्भकर्ण निद्रामा तर आन्तरिक धन्दामा व्‍यस्त छ ! न जनताको चिन्ता छ, न त देशको नै ’ उनले लेखेका छन्, ‘सत्ताधारी पार्टी सात महिनादेखि सत्ताको आन्तरिक छिनाझम्टी र लुछाचुँडीमा व्स्त‍य छ ।’ महामन्त्री खड्काले महामारीले सास्ती खेपिरहेका जनतालाई सरकार छ भन्ने अनुभूति दिलाउन सरकार सक्षम नभएको भन्दै सरकार खोइ? भन्दै प्रश्न गरेका छन्। 

‘यो विपत्तिको कहरमा जनताका लागि खोइ प्रधानमन्त्री? खोइ सरकार?  खोइ राहत प्याकेज?’ उनले प्रश्न गर्दै भनेका छन्, ‘ न जिम्मेवारी बोध छ। न जनतालाई कुनै भरोसाको सन्देश छ!  यो अकर्मण्यता , यो मौनता दुर्भाग्यपूर्ण। कोरोना महामारीबाट आफू बचौँ,अरूलाई पनि बचाऔँ। सबैलाई सक्दो सहयोग गरौँ।’ 

Advertisement