November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

ओलीको आक्रोश : एमालेमा माधव नेपाल किन चाहियो ? फेरि पार्टी फुटाउन ?

4.2K

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले उपाध्यक्ष तथा बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यबीच एउटै कार्यक्रममा मत बाझिएको छ।

काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्ने क्रममा पार्टीभित्र विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका माधव नेपालको विषयलाई लिएर ओली र शाक्यबीच मत बाझिएको हो।

ओलीले भन्दा अगाडि बोलेकी उपाध्यक्ष शाक्यले माधव नेपालको एमाले पार्टीमा आवश्यकता भएकाले छिट्टै फर्किन आग्रह गरेकी थिइन्।

Advertisement

शाक्यले भनेकी थिइन्, ‘फुटले कसैलाई फाइदा छैन। जुट्नु नै अहिलेको आवश्यकता छ। माधव नेपाल हामी सबैको नेता हो। अग्रज हुनुहुन्छ। तपाईंको अहिलेको कदम सही हुन सक्दैन। म अनुरोध गर्छु आफूले जन्माएको र दुःख गरेको पार्टीमा फर्किनुहोस्। मनमनै समीक्षा गर्नुहोस्। सुदृढ एमाले निर्माणको तपाईंको भूमिका छ। त्यसैले त्यो पंक्तिलाई अल्मल्याएर नराख्नुहोस्।’

पार्टी विभाजन अघिसम्म माधव नेपालको पक्षमा रहेकी शाक्य ओलीको चर्को विरोध गर्दै आइरहेकी थिइन्। तर्, पार्टी विभाजनपछि शाक्य बागमती प्रदेशको मुख्यमन्त्री पाएपछि नेपालको साथ छाडेर एमालेमै रहेकी छन्।
तर, ओली उपाध्यक्ष शाक्यलाई संकेत गर्दै यसअघि कसैले के के बोलेको भन्नेबारे आफू जानकार नभएको भन्दै व्यङ्ग्यात्मक रूपमा प्रस्तुत भए।

‘आज कसैले यहाँ बोलेको रहेछ भने जवाफ दिएको जस्तो होला। तर, यो सवाल जवाफ होइन। म घरमा थिएँ, यहाँ कसले केके बोले भन्‍ने मैले सुनेको छैन। तर, साथीहरूले बेला-बेलामा भन्‍ने गरेका छन्’ ओलीको भनाइ थियो।

कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले शाक्यको भनाइलाई कटाक्ष गर्दै माधव नेपाललाई फेरि एमालेमा फर्काउनुपर्ने कुनै आवश्यकता नरहेको बताए। उनले भने, ुकेही साथीहरू अहिले पनि माधव नेपाललाई पार्टीमा आउनुहोस् भन्नुहुन्छ। किन आउनेरु पार्टी फुटाउनरु उहाँको आवश्यकता के छरु म बुझ्दिनँ।’

अध्यक्ष ओलीले एउटै पार्टीमा आफ्नो नेतृत्वको सरकार हुँदा माधव नेपालले पार्टी र सरकारको बारेमा कहिल्यै नबोलेको समेत आरोप लगाए।

माधव नेपालप्रति आक्रोशित हुँदै ओलीले भने, पार्टी र सरकारको बारेमा कहिल्यै केही बोलेनन्। विपक्षीहरूले भन्‍ने गर्थे हामीले बोल्नुपर्ने उहाँले बोल्नुभयो। रोष्ट्रममा उभिएपछि गीत गाउने डुंगा डुब्‍न लाग्यो, लौन कोही बचाइदेऊ।’

कम्युनिष्टको दुईतिहाइको सरकार र ६ वटा प्रदेशमा सरकार हुँदासमेत माधव नेपाललाई प्रतिक्रियावादीहरूको चिन्ता भएको दाबी गरे।

‘दुईतिहाइको सरकार छ। ६ वटा प्रदेशमा सरकार। केको डुंगा डुब्नु उहाँलाई प्रतिक्रियावादीहरूको चिन्ता मात्रै थियो’ अध्यक्ष ओलीले भने, ‘लामो समयसम्म काम गरेपछि लोभ र अलिकति माया लाग्छ, छाड्दिनुहोस्।’