November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

मलद्वार, नाक र ओठ नै नभएको अनौठो शिशु जन्मियो बैतडीमा

5.5K

बैतडी – बैतडीको सुर्नया गाउँपालिकामा अनौठो शिशु जन्मिएको छ। सुर्नया गाउँपालिकाको–५ मडकी २१ वर्षीया गीता विकले अनौठो शिशु (छोरा)को जन्म दिएकी हुन्।

पहिलो सन्तानको रुपमा जन्मिएको शिशुको मलद्वार, नाक र ओठ नभएको सुर्नया गाउँपालिकाका  स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिए।

समयमै जन्मेको उक्त शिशुको अवस्था सामान्य छ। महराले भने, ‘बच्चाको मलद्वार, ओठ र नाकको प्वाल पनि छैन, मुखको छेउमा मासुका डल्ला पलाएका छन्, शिशुले दुध चुस्न सकेको छैन, चम्चाले दुध खुवाइरहेका छन्।’

Advertisement

सोमबार बेलुका जन्मिएको शिशुलाई स्वास्थ्य चौकीले उपचारका लागि धनगढी रेफर गरे पनि आमा र शिशु घर फर्किएका बताइएको छ। 

आर्थिक अभावका कारण शिशुको उपचारमा समस्या भएको बताइएको छ। तर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख  महराले गाउँपालिकाले उपचारमा सहयोग गर्ने भनेपछि उपचारका लागि बाहिर लैजान नमानेको बताए।

बच्चा जन्माउने प्रक्रियामै समस्या भएर यस्तै बच्चा जन्मिएको हुनसक्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले बताए।