November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

अष्ट्रियामा आजबाट बिद्यालयहरु खुले।

7.5K


नेपालमामिला संवाददाता , सेप्टेम्बर ६ अष्ट्रिया

दुई महिने गर्मी यामको बिदा ( जुन ३० देखि सेप्टेम्बर २ ) पश्चात २०२१ – २०२२ को निम्ति नयाँ भर्नाको साथ आजबाट अष्ट्रियामा बिद्यालयहरु औपचारिक रुपमा शुरु भए।

अबि राज थेबे , बिद्यालयमा


कोरोना महामारीबीच कहिले बन्द रहने त कहिले खुल्ने हुँदै २०२० – २०२१ को वर्ष गत जुलाई २ मा पूरा गर्दै बिद्यार्थीहरुलाई परिक्षा बिना नै उनीहरुको दैनिक प्रगति विवरणको आधारमा अंक दिएर कक्षा चढाईएको थियो। बिद्यालयका एक निर्देशकले बताउनु भए अनुसार बिद्यार्थीहरुलाई हप्ताको कम्तिमा ३ पटक कोरोना परिक्षण गरिने र यो निरन्तर महामारीको अन्त सम्म चल्ने छ।

Advertisement

आरोन गुरुङ्ग , बिद्यालयको पहिलो दिन


अष्ट्रिया र जर्मनीमा साना साना बिधार्थीहरुलाई बिद्यालयको पहिलो दिन सोली आकारको चकलेट, मिठाइहरुले भरिएको उपहार ( जर्मन भाषामा सुल्टुतेन भनिन्छ ) अभिभावकहरुले दिने चलन छ। यो प्रथाको शुरुवात कहिलेबाट भएको भन्ने यकिन नभए पनि बालबालिकाहरुलाई पहिलो दिन बिद्यालय पठाउन यहि उपहारले सजिलो हुने अभिभावकहरु बताउँछन्।

कक्षा १ का बिधार्थीहरु पहिलो लाइनमा र पछिल्तिर कक्षा २ का विद्यार्थीहरु।

बिद्यालय प्रवेशको निम्ति बालबालिकाहरु ६ वर्ष उमेरको हुनु पर्नेछ। बालबालिकाहरु १ दिनको फरकले मात्र ६ वर्ष नपुगेको अवस्थामा पनि बिद्यालय शुरु गर्न पाउँदैनन् । यो नियमले गर्दा कोहि कोहि बालबालिकाहरुले पुरै एक साल पर्खेर अर्को वर्ष मात्र बिद्यालय प्रवेश गर्नु पर्ने अनौठो नियम छ अष्ट्रियामा।

विद्यालयको पहिलो दिन अभिभावक र साना साना बिद्यार्थीहरु बिद्यालय प्रवेश द्वारमा।


अष्ट्रियामा नेपालीहरुको आगमन ४० – ४५ वर्ष पहिले देखि नै भएको पाईए पनि संख्यात्मक रुपमा दोस्रो पुस्ताहरु भने विगत १० – १५ वर्ष देखि बढेको पाईन्छ। त्यस हिसाबले आजको दिन अष्ट्रियामा धेरै नेपाली मुलका बालबालिकाहरुले बिद्यालय प्रवेश गरे भने कैयौंले माथिल्लो कक्षाको
पढाइ शुरु गरे।

अष्ट्रियाको प्राथमिक विद्यालय


व्यावहारिक पढाईमा जोड दिइने हुनाले अष्ट्रियाको बिद्यालय पूरा गर्ने हरकोही बिद्यार्थी अब्बल दर्जाको हुने र पढाई पश्चात कुनै न कुनै दक्षताले तुरन्त जागिर वा पेशामा लाग्ने गरेको पाईएको छ।