काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहका चार नेताले आसन्न १४ औं महाधिवेशनमा आफूहरुका तर्फबाट एक मात्रै साझा उम्मेद्वार रहने घोषणा गरेका छन् ।
रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला र शेखर कोइरालाले पत्रकार सम्मेलन गर्दै आफूहरु एक ठाउँमा रहेको बताएका हुन् । ‘हामी चार जनामध्ये एक जनाले मात्रै उम्मेद्वारी दिन्छौं । हाम्रो बीचमा खटपट छैन । एकतावद्ध भएर जान्छौं’, पत्रकार सम्मेलनका क्रममा नेता पौडेलले भने, ‘पार्टी र लोकतन्त्र बचाउनका लागि हामी एक भएर अघि बढ्छौं । देशभरका साथीहरुलाई आश्वस्त पार्न चाहन्छौं । हामीले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गर्छौ ।’
पौडेलले को उम्मेद्वार भन्ने विषयमा केही समयपछि निर्णय हुने बताएका छन् । ‘व्यक्ति तोक्ने काम केही समय थाँती राखेका छौं’, उनले भने, ‘केही समयमा निर्णय गर्छौ ।’