November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

लोयल अस्टिनलाई अमेरिकाको रक्षामन्त्री बनाउने बाइडेनको प्रस्ताव

2.6K

एजेन्सी- अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनले अवकाश प्राप्त सैन्य जनरल लोयड अस्टिनलाई रक्षा मन्त्री बनाउने प्रस्ताव गरेका छन् ।

अस्टिनले बराक ओबामाको कार्यकालमा मध्यपूर्वमा अमेरिकी सेनाको नेतृत्व गरेका उच्च सैन्य अधिकारी हुन् ।

अस्टिन रक्षामन्त्री बनेमा अमेरिकी इतिहासमा अफ्रिकन-अमेरिकन भएर यो पदमा पुग्ने पहिलो अश्वेत अमेरिकी हुने रोयटर्सले जनाएको छ ।

Advertisement

यस पदका लागि रक्षा विभागकी पूर्वउच्च कर्मचारी रहेकी मिशेल फ्लोरनोयलाई पनि प्रवल दाबेदार मानिएको थियो।

अस्टिनको नाम प्रस्तावसँगै उनी सो पदमा आसिन हुने पहिलो अमेरिकी महिला बन्नबाट चुकेकी छन्।

सन् २०१६ मा अवकास पाएका अस्टिनले पदभार ग्रहण गर्न अमेरिकी कंग्रेसको सहमति प्राप्त गर्नुपर्नेछ ।