April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

कैलाश मानसरोवर दर्शनका लागि हुम्ला पुगे सद्गुरु

3.5K

हुम्ला- चर्चित धार्मिक सद्गुरु (जग्गी वासुदेव) नेपाल आएका छन् । हिन्दु र बौद्ध धर्मालम्वीहरुको महत्वपूर्ण तीर्थस्थल कैलाश मानसरोवरको दूर दर्शनका लागि सद्गुरु हुम्ला पुगेका हुन् ।

कोरोनाका कारण चिनियाँ पक्षले हिल्सा नाका बन्द गरेपछि पहिलो पटक सद्गुरुसहित ५० जनाको भारतीय धार्मिक पर्यटकको टोली हुम्ला पुगेका हुन् । उनी बिहीबार बिहान तारा एयरको विमानमार्फत हुम्लाको सिमकोट विमानस्थल पुगेका छन् । सद्गुरुको टोलीले पैदल मार्गबाट लाप्चा पुगेर मानसरोवरको दर्शनका साथै पूजा पाठ गर्नेछ ।

Advertisement