April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कोरोना संक्रमितको संख्या विश्वभर ६ करोड ७३ लाख भन्दा बढी

2.5K

काठमाडौँ – विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ६ करोड ७३ लाख नाघेको छ । संक्रमणबाट कुल मृतक संख्या १५ लाख ३४ हजार नाघेको छ ।

अहिलेसम्म ४ करोड ६५ लाख ८० हजार संक्रमणमुक्त भएका छन् । विश्वभर एक करोड ९२ लाख सक्रिय संक्रमित छन् ।

सबैभन्दा बढी अमेरिकामा एक करोड ५१ लाख संक्रमित संख्या पुगेको छ । त्यहाँ २ लाख ८८ हजारको मृत्यु भएको छ । भारतमा ९६ लाख संक्रमितमध्ये एक लाख ४० हजारको मृत्यु भएको छ ।

Advertisement

नेपालमा अहिलेसम्म २ लाख ४० हजार ९ सय ८१ जना कोरोना संक्रमित संख्या पुगेको छ । जसमध्ये १५ सय ९४ जनाको मृत्यु भएको छ ।