November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

ठमेलमा कांग्रेस संस्थापन इतरका जिल्ला सभापतिहरुको भेला

2.4K

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन इतरका जिल्ला सभापतिहरुको भेला केहीबेरमा शुरु हुँदैछ । क्रियाशील विवादका कारण कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित भएपछि डाकिएको संस्थापन इतरका जिल्ला सभापतिहरुको भेला काठमाडौंको ठमेलमा केहीबेरमा शुरु हुन लागेको सिन्धुपाल्चोकका कांग्रेस जिल्ला सभापति विकास लामाले जानकारी दिएका छन् ।

भेलाले संस्थापन इतरबाट एउटै उम्मेदवार हुनुपर्ने, अधिवेशनको सुनिश्चितता गर्नुपर्ने, क्रियाशील सदस्यहरुको विवरण तुरुन्त सार्वजनिक गरेर जिल्ला पठाउनु पर्ने, क्रियाशीलमा धाँधली भएको भए सच्याउन समय दिनुपर्ने जस्ता विषयमा छलफल गरि दबाब दिने उद्देश्यले भेला डाकिएको सभापति लामाले जानकारी दिएका छन् । ‘कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित हुँदै गएको छ, महाधिवेशन समयमै गर्नका लागि दबाब दिने हाम्रो मुख्य उद्देश्य हो’, लामाले भने ।

महाधिवेशन आउन तीन हप्ता अघि राखिएको सभापतिहरुको भेलालई अर्थपूर्ण रुपमा लिइएको । भेलामा महाधिवेशन नहुँदा पार्टीलाई आउने संवैधानिक संकट र त्यसलाई कसरी व्यवस्थापन गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ ।

Advertisement

आज जिल्ला सभापतिहरुको भेलापछि भोलि (२६) गते संस्थापन इतरका शीर्ष नेतालाई भेट्ने कार्यक्रम जिल्ला सभापतिहरुको छ । ‘सबै नेतालाई एकै ठाउँमा राखेर एक मात्र उम्मेदवार हुन हामी दबाब दिन्छौं’ लामाले भने, ‘त्यसपछि संस्थापन पक्षलाई महाधिवेशनको सुनिश्चितता गर्न दबाब दिनेछौं ।’