November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

काठमाडौंमा रामचन्द्र पक्षका जिल्ला सभापतिहरुको ‘गोप्य’ भेला

2.1K

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका १४ औं महाधिवेशन हुने–नहुने अन्योल बढिरहेका बेला संस्थापन इतर समूहले जिल्ला सभापतिहरुको ‘गोप्य भेला’ बोलाएको छ । संस्थापन इतर समूहले आफू पक्षीय जिल्ला सभापतिहरुको ‘गोप्य भेला’ काठमाडौंमा आयोजना गर्ने भएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरुको यही साउन २५ गते काठमाडौंमा ‘गोप्य भेला’ हुने भएको हो । पौडेल निकट एक सभापतिले काठमाडौंमा ‘गोप्य भेला’ आयोजना गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।

‘१४ औँ महाधिवेशन हुने नहुने विषयमा छलफल गर्न हामी गोप्य भेला गर्न गइरहेका छौं,’ उनले भने । भेलामा देशभरबाट संस्थापन इतर समूहका जिल्ला सभापतिहरु सहभागी हुने ती नेताले बताएका छन् । पौडेल समूहमै रहेका काठमाडौं नजिकैको एक जिल्लाका अर्का सभापतिले पनि आफूहरु भेलाको तयारीमा रहेको जानकारी दिएका छन् ।

Advertisement

‘हामीबीच भेला गर्ने कि भन्नेमा छलफल चलिरहेको छ । मिति र स्थान तय गरिसकेका छैनौं,’ उनले भने, ‘मिति र स्थान तय भएपछि हामी जानकारी दिने छौं ।’