April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

देउवा र निधिबीच बालुवाटारमा वार्ता, पौडेलसँग असन्तुष्टि

2K

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार साँझ उपसभापति विमलेन्द्र निधिलाई सरकारी निवास बालुवाटार बोलाएर छलफल गरेका छन् । १४ औं महाधिवेशनमा निधि सभापतिको प्रत्याशी बन्ने बताएपछि देउवा र निधिबीचको भेट पातलिएको छ ।

देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास पुगेका निधिले आफ्नो संयोजकत्वमा गठन भएको समायोजन समितिले सर्वसम्मतिबाट पारित गरिसकेको विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विवाद निकालेको बताएका छन् ।

पौडेल पक्षको आग्रहमा निर्णय भइसकेको फाइल पुनः खोल्नु विधिसम्मत नभएको भन्दै निधिले बागलुङसहित जिल्लाका विषयमा उत्पन्न गरिएको विवादप्रति असन्तुष्टि व्यक्ति गरेका छन् । सो विषयमा सदस्यता छानबिन समिति प्रवेश गरेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।

Advertisement

समायोजनको बाँकी काम सक्न बैठक राख्न पनि पौडेलले असहयोग गरेको भन्दै निधिले निर्णय खोल्दै र फेर्दै जाने हो भने समायोजन समितिको औचित्यमाथि नै प्रश्न उठ्ने बताएका थिए । नागरिक दैनिकबाट