November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

महावीर पुनको आविष्कार केन्द्रले बनायो कोरोना संक्रमित बोक्ने ‘बाक्सा’

3K

काठमाडौं – राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरसका संक्रमितलाई सुरक्षित तबरले एक ठाउँबाट अर्काे ठाउँसम्म लैजान मिल्ने बाकस तयार पारेको छ। नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै रोकथाममा महत्वपूर्ण भूमिका खेलिरहेको महावीर पुन नेतृत्वको केन्द्रले अहिले भने संक्रमित बिरामी राख्ने सुरक्षित बाकस निर्माण गरेको हो। 

यस अघि मास्क, पीपीई, स्वाब संकलन गर्ने सुइरो, स्वाब संकलन बुथ बनाइसकेको केन्द्रले यसपटक संक्रमित बोक्ने सामग्री तयार पारेको हो। केन्द्रले यसपटक तयार पारेको बाकस कोरोना संक्रमित विरामीलाई अस्पताल लैजान, एम्बुलेन्समा राख्न र अरुलाई संक्रमण जोखिम कम गर्न मद्दत गर्ने जनाएको छ।  

‘हामीले अहिले तयार पारेको बाकसले बिरामीलाई त सहज हुन्छ नै संक्रमित बिरामी बोक्ने एम्बुलेन्सका चालक, अन्य सदस्यलाई पनि कोरोना भाइरसको संक्रमण जोखिम पनि कम हुन्छ,’ पुनले  भने, ‘बाकसमा बिरामी राखेपछि त्यहाँ बाहिरको हावा नजाने तबरले चेन लगाउने व्यवस्था गरिएको छ। बाकसभित्र भित्रको हावा (बिरामीले फेर्ने स्वास) बाहिर जाने र अक्सिजन लिन मिल्ने पम्प जडान गरिएको छ।’ 

Advertisement

उनले बाकस भित्र अक्सिजन टुटाउन नमिल्ने बिरामीलाई मध्यनजर गर्दै सिलिन्डर जडान गर्न मिल्ने ठाउँ पनि बनाइएको बताए। उक्त बाकस कोरोना भाइरसका संक्रमित बोक्ने एम्बुलेन्स, हेलिकोप्टरले प्रयोगमा ल्याइसकेको पनि बताए। ‘ठ्याक्कै यति नै संख्यामा बाकस बनेको छ, यति संख्यामा प्रयोगमा आएको छ चाहिँ अहिले म भन्न सक्दिन,’ उनले भने, ‘यो कोरोनाका संक्रमित बिरामी बोक्ने एम्बुलेन्स, हेलिकोप्टरले प्रयोगमा गरिरहेका छन्। असाध्यै प्रभावकारी भएको भनेर भनेका पनि छन्।’ ​बाकस निर्माण पछि आवश्यक परीक्षण पछि मात्रै बाहिर प्रयोगमा ल्याइएको हो। बाकसभित्र रहेको बिरामीलाई स्वास प्रश्वासमा कुनै समस्या नहोस भनेर ‘एचइपीए फिल्टर’ जडान भएको केन्द्रले जनाएको छ।

उक्त फिल्टरले नाकबाट निस्किने हावालाई फिल्टर गरेर बाहिर पठाउने र बाहिरबाट लिनुपर्ने अक्सिजन ग्याँस पनि सोही अनुसार लिने काम गर्नेछ। त्यस्तै बाकसभित्रको हावा बाहिर फाल्न ब्याट्रीबाट चल्ने पंखा पनि जडान गरिएको छ। अहिले एम्बुलेन्स र हेलिकोप्टरले मात्रै प्रयोगमा ल्याएको उक्त बाकस अब कोरोना संक्रमितको उपचार गरिरहेका अस्पतालहरुलाई पनि उपलब्ध गराउने तयारी केन्द्रको छ।thahakhabar