April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कोरोना नियन्त्रणमा कांग्रेसले देखेको सरकारका १० कमजोरी

3.7K

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना संक्रमण रोकथाम तथा नियान्त्रणमा सरकारका १० वटा कमजोरी औल्याएको छ ।

क्वारेन्टिन र आइसोलेसनको व्यवस्थापन, पीसीआर परीक्षण, कन्ट्याक्ट ट्रेसिङ र बिरामीको उपचारलगायत कोरोना महामारी नियन्त्रण र रोकथामका सबैजसो काममा सरकार असफल भएको प्रतिवेदन कांग्रेसको कोभिड—१९ अनुगमन समितिले सभापति शेरबहादुर देउवालाई बुझाएको छ ।

कोरोना संक्रमितको जीवन बचाउने औषधीहरुको समेत खुलेआम कालोबजारी भइरहेको कांग्रेसले लगाएको छ ।

Advertisement

कांग्रेसले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘नेपालको वर्तमान नेकपा सरकारले आम जनताका पीडा कम गर्ने प्रयत्न नगरेको मात्र होइन, गरैजिम्मेवार, भ्रष्ट र अधिनायकवादी चरित्र प्रदर्शन गरेर परिस्थितिलाई थप जोखिमपूर्ण र भयावह बनाएको छ । जनताको जीवन र जीविकोपार्जन दुवैलाई सघाउन वर्तमान सरकार पूर्णतः अक्षम सावित भएको छ ।’

चार महिना लामो लकडाउन र थप एक महिना लामो निषेधाज्ञालाई सरकारले कोरोना संक्रमण नियन्त्रण, स्वास्थ्य पूर्वाधार निर्माण, क्वारेन्टिन र आइसोलेसनको समुचित व्यवस्था, अत्यावश्यकीय उपकरण र औषधि खरीद गर्नमा सदुपयोग गर्ने असल मनसाय नै नराखेको कांग्रेसको आरोप छ ।

प्रेस नोटमा भनिएको छ, ‘अहिले आईसीयू बेड, भेन्टिलेटर र रेमडेसिभिरजस्ता औषधिहरु अपर्याप्त भएको गुनासो सरकारले नै गर्न थालेको छ ।