November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

थप १६ कोरोना संक्रमितको मृत्यु

3.3K

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुने कोरोना संक्रमितको संख्या १५६७ पुगेको छ। 

पछिल्लो २४ घण्टामा १ हजार २७२ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

नेपालमा हालसम्म १७ लाख ७१ हजार ९५० जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५३७ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १५ हजार ४४७ जना सक्रिय संक्रमित छन्। 

Advertisement