November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कांग्रेस संसदीय दलको बैठक आइतबार

2.5K

काठमाडौँ — सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । आइतबार आइतबार दिउँसो २  बजे संघीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा दलको बैठक बस्ने काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

पुन:स्थापित प्रतिनिधिसभा बैठक आइतबार अपराह्न ४ बजे नयाँ बानेश्वरमा बस्दै छ । नेकपा (माओवादी केन्द्र) ले पनि आइतबार बिहानका लागि संसदीय दलको बैठक बोलाएको छ ।

मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साउन ३ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी थिइन् ।

Advertisement

मन्त्रिपरिषद्को सिफारिसमा जेठ ८ गते राष्ट्रपति भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको मिति तोकेकी थिइन् । तर प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा असार २८ गते सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा बूँतिएको छ । राष्ट्रिय सभाको अधिवेशन पनि असार २८ गते अन्त्य गरिएको थियो ।