November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एमाले स्थायी कमिटीमा नेपाल पक्षका नेता उपस्थित

2.7K

काठमाडाैँ – नेकपा एमालेको माधव नेपाल पक्षका नेताहरु स्थायी कमिटी बैठक रोक्न माग गर्दै तुलसी प्रतिष्ठान पुगेका छन् ।

शुक्रबार बिहान सुरु भएको स्थायी कमिटी बैठक रोक्न माग गर्दै नेपाल पक्षका कार्यदल सदस्यहरु ललितपुरस्थित तुलसी प्रतिष्ठान पुगेका हुन् ।

नेता रावलले आफूहरु बैठक रोक्नका लागि आएको बताएका छन् । ‘हामी बैठक रोक्नुहोस भन्न आएका हौँ’, नेता रावलले भने ।

Advertisement

अर्का नेता भीम आचार्य आफूहरु सुझाव दिन आएको बताएका छन् । नेताहरू भीम रावल,  घनश्याम भुसाल, गोकर्ण विष्ट र आचार्य बैठक कक्षमा प्रवेश गरेका छन् ।

बैठकमा उनीहरुले आफ्ना धारणा राख्नेछन् । आजको बैठकमा उपाध्यक्ष वामदेव गौतम अनुपस्थित भएका छन् ।