November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एमाले कार्यदलको बैठक सुरु, एकताका लागि ९ बुँदे सहमतिको मस्यौदा तयार

3.1K

काठमाडाैं- नेकपा (एमाले) एकता कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ। बैठक निर्धारित समयभन्दा करिब डेढ घण्टा ढिला सुरु भएको हो।

पार्टीको आन्तरिक विवाद समाधानबारे अन्तिम सहमति गर्न आज बिहान ८ बजेका लागि तय गरिएको थियो।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीपक्षका सदस्यहरु तोकिएको समयमा नै बैठकस्थल आइपुगे पनि वरिष्ठ नेता माधवकुमार नेपालपक्षका सदस्यहरु एक घण्टा ढिलागरी बैठकस्थलमा आइपुगेका थिए।

Advertisement

१० सदस्यीय कार्यदलले पार्टी एकताका लागि नाै बुँदे सहमतिको मस्यौदा तयार पारेको जानकारी दिइएको छ। उक्त सहमति पार्टीको स्थायी कमिटीले अनुमोदन गर्ने बताइएको छ। त्यसका लागि आजै संयुक्त स्थायी कमिटी बस्ने जानकारी दिइएको छ।