November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

विश्वभर एकै दिन थपिए ४ लाख २९ हजार कोरोना संक्रमित

2.1K

काठमाडाैं- गत २४ घण्टाभित्र विश्वमा चार लाख १९ हजार ३३१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। यससँगै विश्वमा कोरोना संक्रमितको कूल संख्या १८ करोड ७२ लाख ३९ हजार ७८ पुगेको छ। 

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र थपिएका संक्रमित सबैभन्दा धेरै ब्राजिलका छन्। त्यहाँ उक्त अवधिमा ४८ हजार ५०४ जना नयाँ संक्रमित भेटिएका छन्।

त्यस्तै भारतमा ४१ हजार ४७५ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ कूल संक्रमितको संख्या तीन करोड आठ लाख ३६ हजार २३१ पुगेको छ।

Advertisement

यसैगरी इन्डोनेसियामा ३५ हजार ९४, बेलायतमा ३२ हजार ३६७, रसियामा २५ हजार ८२, कोलम्बियामा २० हजार ९१५, अमेरिकामा १४ हजार २२१, इरानमा ११ हजार ६६४, अर्जेन्टिनामा ११ हजार ५६१ तथा मेक्सिकोमा नाै हजार ३१९ नयाँ संक्रमित थपिएका छन्।