काठमाडौं- भारतमा पछिल्लो २४ घन्टामा थप ४२ हजार ७ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यसबीचमा १२०६ जनाको कोरोनाका कारण मृत्यु भएको छ।
मन्त्रालयका अनुसार भारतमा कोरोनाका कारण अहिलेसम्म ४ लाख ७ हजार १ सय ४५ जनाको मृत्यु भएको छ।
भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४ लाख ५५ हजार भन्दा धेरै रहेको छ। कोरोनाविरुद्धको खोप ३७ करोड भन्दा धेरैले लगाएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।