November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

आफ्नो चुनावी घोषणा कार्यक्रममा रोजिनाको नौ बुँदे प्रतिबद्दता [भिडियो सहित]

7.1K

लण्डन । गैर-आवासीय नेपाली संघ यूकेको अध्यक्ष रोजीना प्रधान राईले अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेकी छन् ।

राईले शुक्रवार साँझ एक भर्रचुअल सभाको आयोजना गर्दै ९ बुँदे प्रतिबद्धता सहितको घोषणापत्र सार्वजनिक गरेकी हुन्।

उनले विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने, संघर्षरत भूतपूर्व ब्रिटिस गोर्खाहरुको मागलाई सम्बोधन गराउनको लागि आवश्यक पहल गर्न, एनआरएन भवन, साना तथा ठूला लगानी प्रर्वधन, आपतकालिन कोषको स्थापना, एनआरएनए सीप बैंकको स्थापना, नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपाली संघ यूकेलाई प्रविधीमैत्री बनाउने, एक परिवार एक उद्यमी लगायतको प्रतिबद्धता गरेकी छन् ।

Advertisement

कार्यक्रममा बेलायस्थित पाँच दर्जन भन्दा बढी संघसंस्थाका प्रतिनिधिको उपस्थिती थियो । संघको निर्वाचनमा जुलाई ३१ तारिखमा अनलाइन मार्फत हुदैछ ।