April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

मोरङमा थप दुई कोरोना संक्रमितको मृत्यु

4.1K

विराटनगर – मोरङका दुईवटा अलगअलग अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुईजना पुरुषको बिहीबार राती मृत्यु भएको छ । उपचारका क्रममा एक जनाको बूढीगंगास्थित विराट शिक्षण अस्पताल र अर्का पुरुषको विराटनगरको नोबेल शिक्षण अस्पतालमा ज्यान गएको हो । मृत्यु भएका एक जना सिरहा र एक जना झापा दमकका रहेका छन् ।
 
झापाको दमक ठेगाना उल्लेख गरेर उपचारका लागि भर्ना गरिएका ५६ वर्षीय पुरुषको राति १२ बजेतिर विराट शिक्षण अस्पतालमा ज्यान गएको हो । अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवका अनुसार ज्वरो आउने, छात्ती दुख्नेलगायतका समस्या भएपछि पुरुषलाई मंसिर १३ गते विराटनगरको विराट नर्सिङ होम भर्ना गरिएको थियो ।

स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपनि आइसोलेसनमा भर्ना गर्न नमानिकन आफन्तले त्यतिबेला अस्पतालबाट निकालेर लगेको देवले बताए । स्वास्थ्यमा अचानक समस्या थपिएपछि उनलाई थप उपचारका लागि बिहीबार साँझ विराट शिक्षण अस्पताल ल्याइएको थियो । पुरुषको उपचारकै क्रममा मृत्यु भएको जानकारी देवले दिए । 

अस्पतालको विवरणमा मृतकको ठेगाना झापाको दमक उल्लेख गरेको भए पनि उनी मोरङको उर्लाबारी नगरपालिका–४ का पुरुष भएको बताइएको छ । ‘उपचारका क्रममा भर्ना हुँदा ठेगाना दमक टिपाइएका कारण अस्पतालको रेकर्डमा पनि त्यही उल्लेख छ, ‘आइसोलेसन प्रमुख देवले भने, ‘अहिले ठेगाना उर्लाबारी हो भन्ने आएका कारण यकिन गर्ने प्रयास भइरहेको छ ।’

Advertisement

त्यस्तै सिरहाको मिर्चैयाका ७५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा ज्यान गएको छ ।