November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सिंहदरबारमा एमाले एकता कार्यदलको बैठक सुरु

1.8K

काठमाडौं– नेकपा एमाले एकता कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ। बिहीबार बिहान स्थगित भएको बैठक साँझ पुनः सुरु भएको हो।

थप तयारी गर्ने भन्दै कार्यदलका सदस्यहरु बिहीबार बिहानको बैठकबाट उठेका थिए। बिहीबार साँझको बैठकमा स्थायी कमिटी सदस्य विष्णु पौडेल बाहेक कार्यदलका सबै सदस्य सहभागी रहेको जनाइएको छ। 

पार्टी भित्र देखिएको विवाद समाधान गरी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालको हस्ताक्षरमा संयुक्त विज्ञप्ती जारी गर्नेगरी कार्यदलका सदस्यहरु छलफलमा छन्। यसबीचमा बुधबार अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता समेत भएको थियो।

Advertisement

अध्यक्ष ओली र नेपालबीच बुधबार सकारात्मक वार्ता भएको र छिट्टै पार्टी एकतामा महत्वपूर्ण उपलब्धि हासिल हुने कार्यदलका सदस्यहरुले बताउँदै आएका छन्।  

कार्यदलमा ओली पक्षबाट सुवासचन्द्र नेम्वाङ संयोजकसहित विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्। यस्तै, नेपाल पक्षबाट भीम रावल संयोजकसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन्।