November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कांग्रेसका ५० हजार पुराना कार्यकर्ताले नवीकरण गरेनन् क्रियाशील सदस्यता

1.7K

काठमाडौं- नेपाली कांग्रेसका ५० हजार भन्दा बढी पुराना कार्यकर्ताले यसपटक सदस्यता नवीकरण नगरेको पाइएको छ। यसपटक सूचीकृत भएका आठ लाख ४६ हजारमा नयाँ र पुराना क्रियाशील सदस्य छन्। त्यस मध्ये अधिकाशं नयाँ क्रियाशील सदस्य हुन्। गत महाधिवेशनमा ४ लाख ७० हजार कांग्रेसका क्रियाशील सदस्य थिए।

ति मध्ये ५० हजार बढीले सदस्यता नवीकरण नगरेको क्रियाशील सदस्यता छानबिन समितिले जनाएको छ। क्रियाशील सदस्यता छानबिन समितिका प्रवक्ता प्रदीप पौडेलले भने, ‘कांग्रेसका पुराना ५० हजार बढी क्रियाशील सदस्यले सदस्यता नवीकरण गरेका छैनन्। के कारणले नवीकरण भएनन्, हामीले खोजी गर्दैछौं।’

कांग्रेस कार्यकर्ताले सदस्यता नवीकरण नगर्नु समीक्षा र खोजीको विषय बनेको पौडेलले बताए।

Advertisement

५०० वडामा देखिएको विवाद मध्ये दुईसय वडाको विवाद समाधान भएको समितिले जनाएको छ। समितिले समाधान निकाल्नै नसक्ने खालका उजुरी रहेको खण्डमा त्यसलाई शीर्ष नेताहरुको जिम्मेवारीमा दिइने भएको छ। शीर्ष तहमा पनि सहमति जुट्न नसके ती स्थानमा पुरानै प्रतिनिधि कायम गरी महाधिवेशन गर्ने निर्णय पार्टीले गरेको छ। त्यस्तै समितिले सहमतिमा मात्रै निर्णय गर्ने भएको छ। बहुमतको आधारमा निर्णय गर्ने अधिकार समितिलाई छैन। 

विधानको पालना नगरि पठाइएका नाममा उजुरी परेन भने छानबिन नगरिने समितिले जनाएको छ। समिति प्रवक्ता पौडेलले भने,‘उजुरी नआएपछि त त्यहाँ विवाद रहेनछ भन्ने बुझ्नु पर्‍यो। उजुरी नआएको स्थानमा निर्विवाद र प्रक्रिया पुर्‍याएर आएको बुझेका छौं।’

पाँच लाख क्रियाशील सदस्य निर्विवाद भएको समितिले जनाएको छ। असार मसान्तसम्म छानविन समितिले अन्तिम सूची निकाल्ने तयारी गरेको छ।कांग्रेसका ५० हजार पुराना कार्यकर्ताले नवीकरण गरेनन् क्रियाशील सदस्यता