November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

बेलायतको कोरोना खोपले काम गर्नेमा विश्वस्त छु – संक्रामक रोग विशेषज्ञ डा.फाउची

3.2K

काठमाडौँ- अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले आममानिसका लागि कोरोनाको खोप लगाउन बेलायतले दिएको निर्णय सही ठहरिनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

यूकेले हतारोमा कोरोनाभाइरस खोपको प्रयोग अनुमति दिएको भन्ने आफ्नो टिप्पणी सच्च्याउँदै फाउचीले बेलायती प्रक्रियाप्रति आफू पूर्ण विश्वस्त रहेको बताएका हुन् ।

अमेरिकी फाइजर तथा जर्मन बायोएनटेकले विकास गरेको कोरोनाभाइरसविरुद्धको खोपलाई आम प्रयोगको अनुमति दिने बेलायत पहिलो देश बनेको थियो।

Advertisement

उसले निकै द्रुत प्रक्रिया अवलम्बन गरेर अनुमति दिएको थियो।त्यसबारे प्रश्न उठाएको जस्तो लाग्ने टिप्पणी गरेका अमेरिकाका वरिष्ठ सङ्क्रमण रोग विशेषज्ञ एन्थोनी फाउचीले अहिले भने माफी मागेको बीबीसीले जनाएको छ ।

उनले ब्रिटिश मेडकल नियामक निकायप्रति आफ्नो पूर्ण विश्वास रहेको बताउँदै भनेका छन्, ‘मलाई यूकेले वैज्ञानिकरूपमा अनि नियामक प्रक्रियाको बारेमा अपनाउने कार्यप्रति ठूलो भरोसा छ।’

आफूले केवल ब्रिटिश र अमेरिकी प्रणालीमा अनुमति प्रदानसम्बन्धी रहेका भिन्नता मात्र उजागर गर्न खोजेको प्रष्ट्याएका छन् ।