November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कोरोना अपडेटः नेपालमा आज २१ सय मुक्त, १३ सय ४३ संक्रमित, १३ को मृत्यु

2.5K

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै हालसम्म कोरोनाकै कारण नेपालमा मृत्यु हुनेहरूको कुल संख्या  १५ सय ५१ पुगेको छ।

त्यस्तै, देशका विभिन्‍न प्रयोगशालाहरूमा गरिएको पिसिआर परीक्षणमा थप  १३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म  नेपालमा कुल संक्रमितको संख्या  २ लाख ३७ हजार ५ सय ८९ जना रहेका छन् भने  सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ६६ छ।

Advertisement

त्यस्तै, त्यति नै समयाव्धिमा थप २१ सय ११ जना कोरोना संक्रमणबाट निको भएर पूर्ण स्वास्थ्य बनेको पनि मन्त्रालयले जनाएको छ।

कोरोनामुक्त हुनेको संख्या २ लाख २० हजार २ सय ७२ पुगेको छ। आज बिहिबार देशभरका विभिन्न प्रयोगशालामा थप ९ हजार २ सय ८९ जनाको पिसिआर विधिबाट नमुना परीक्षण गरिएको छ।

हालसम्म पिसिआर परीक्षणको संख्या १७ लाख ६३ हजार ९ सय १९ पुगेको पनि मन्त्रालयले जनाएको छ।