November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

जिल्लामा दोहोरिन नपाउने २५ जिल्लाका कांग्रेस सभापति [नामावली सहित]

3.6K

काठमाडाैं- नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा २५ जिल्लाका सभापतिहरुले सोही पद दोहोर्‍याउन नपाउने भएका छन्।

लगातार दुई कार्यकालभन्दा बढी जिल्ला सभापति बन्न नपाउने विधानको प्रावधान छ। सोही व्यवस्थाका आधारमा २५ जिल्लाका सभापतिले पद दोहोर्‍याउन नपाउने भएका हुन्।

जिल्ला सभापतिमा उम्मेदवार दिन नपाउनेहरुले प्रदेश कार्यसमितिको पदाधिकारी तथा केन्द्रमा उम्मेदवारी दिने तयारी गरेका छन्। प्रदेश कार्यसमितिमा सभापतिसहित पदाधिकारी दाबी गर्न उनीहरुको लागि अवसर छ। प्रदेश कार्यसमितिमा सभापतिसहित उपसभापति र महामन्त्री दुई/दुई, सहमहामन्त्री तीन र कोषाध्यक्ष एक जना पदाधिकारी रहने विधानको व्यवस्था छ। 

Advertisement

लगातार चार कार्यकाल नुवाकोटको जिल्ला सभापति बनेका जगदिश्वर नरसिंह केसीले भने, ‘प्रदेश सभापतिमा उम्मेदवारी दिने सोच बनाएको छु।’ केसी मात्रै एक्ला जिल्ला सभापति हुन् जसले लगातार चार कार्यकाल सभापति बनेका बनेका थिए।

बीचमा ग्याप रहेको अवस्थामा भने पुनः सभापतिमा उम्मेदवारी दिन पाउने छन्। २०५७ सालमा काभ्रेको जिल्ला सभापति बनेका मधु आचार्य बीचमा उक्त पदमा रहेनन्। २०७२ सालमा सभापति बनेका उनी सभापतिमा इच्छा भए पुनः उम्मेदवार बन्न सक्ने छन्।

नवलपरासी र रुकुम संघीयताका लागि विभाजन भएकाले ती जिल्लामा सभापतिको जिम्मेवारी सम्हालेको भए पनि दोहोरिन चाहे विधानले रोक्दैन।

जिल्ला सभापतिमा दोहोरिन नपाउनेहरुः

१. हिमालय कर्माचार्य, इलाम
२. उद्धव थापा, झापा
३. गोविन्द ढुंगाना, तेह्रथुम
४. नन्दमणि राई, भोजपुर
५. डिकबहादुर लिम्बु, मोरङ
६. राजीव कोइराला, सुनसरी
७. विदुर बस्नेत, उदयपुर
८. दिनेश यादव, सप्तरी 
९. मदन अमात्य, ललितपुर
१०. जगदिश्वर नरसिंह केसी, नुवाकोट
११. हरिबहादुर घले,गोरखा
१२. टेकबहादुर गुरुङ, मनाङ
१३. अब्दुल रज्जाक, रुपन्देही
१४. सुरेन्द्रराज आचार्य, कपिलवस्तु
१५. अमरसिंह पुन, रोल्पा
१६. गणेश चन्द, सल्यान
१७. कीर्तिबहादुर खड्का, दाङ
१८. हर्षबहादुर बम, कालिकोट
१९. दीपकजंग शाह, जाजरकोट
२०. कृष्णकुमार बीसी, दैलेख
२१. सञ्जय गौतम, बर्दिया
२२. कविराज पण्डित, बाजुरा
२३. भरतबहादुर स्वाँर, अछाम
२४. नरनारायण शाह, कैलाली
२५. कर्णबहादुर मल्ल, डडेल्धुरा