सुन्दा पत्यार नलाग्ला, तर पूर्वी युरोपेली देश क्रोएसियामा केवल १ क्रोएसियन कुना अर्थात नेपाली १९ रुपैयाँमा घर किन्न पाइन्छ । त्यो पनि चानचुने होइन, १५०० वर्गफुटमा फैलिएका घर । रोयटर्सका अनुसार क्रोएसियाको लेग्राड नामक शहरमा अहिलेसम्म यहि दरमा १७ वटा घर बिक्रि भइसकेका छन् ।
लेग्राड ६२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको शहर हो । जसको जनसंख्या केवल २ हजार २५० छ । यस्तोमा शहरको जनघनत्व कम नहोस् भनेर यहाँका घरलाई यति सस्तोमा बेच्ने निर्णय गरिएको हो । लेग्राडका मेयर इभान साबोलिकका अनुसार यहाँ यातायातको सुविधा नगन्य छ ।
यस शहरमा घर किन्न भने केही सम्झौताहरु गर्नु पर्ने हुन्छ । सम्झौतामा घर किन्ने व्यक्ति १५ वर्षसम्म त्यही शहरमा बस्नुपर्छ । यस्तोमा पुराना भएका घरको मर्मत सरकारले गरिदिनेछ । यतिमात्र होइन, नयाँ जीवन सुरु गर्न घर किन्ने व्यक्तिलाई ३५ हजार कुना अर्थात ६ लाख ६३ हजार भन्दा बढि रुपैयाँ पनि दिइनेछ ।