November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

एमाले बैठक : जगत विरुश्वकर्माले मागे शिक्षामन्त्री श्रेष्ठको राजीनामा

2.1K

काठमाडौँ – नेकपा एमाले गण्डकी प्रदेश अध्यक्ष जगत विरुश्वकर्माले शिक्षा तथा स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग गरेका छन् ।

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको जारी बैठकमा उनले जातीय विभेद गर्ने सरस्वती प्रधानलाई लिफ्ट दिनु अशोभनीय भन्दै शिक्षा मन्त्रीको राजीनामा माग गरेका हुन् ।

एक नेताका अनुसार एमालेको नेता तथा मन्त्री जस्तो व्यक्तिले जातीय विभेद गर्ने व्यक्तिलाई छुटाउन जानु अशोभनीय भन्दै राजीनामा माग गरिएको हो । यसअघि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि श्रेष्ठलाई सचेत गराएका थिए ।

Advertisement