November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

बाढीपहिरोमा परी ज्यान गुमाउनेको परिवारलाई आर्थिक सहयोग गर्ने कांग्रेसको निर्णय

1.6K

काठमाडौं– बाढी पहिरोमा परेर मृत्यु हुनेको परिवारलाई नेपाली कांग्रेसले आर्थिक सहयोग गर्ने भएको छ।

कांग्रेसको बाढी पहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले विज्ञप्तिमार्फत बाढी पहिरोमा परी निधन भएका परिवारलाई पार्टीका तर्फबाट २५ हजार रुपैयाँ सहयोग गर्ने जानकारी दिएको हो।

विसं २०७८ को सुरुदेखि बाढी र पहिरोका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई थोरै भए पनि मानवीय सहयोगको हिसाबले उक्त रकम सहयोग गर्न लागेको समन्वय समितिका संयोजक एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताए। 

Advertisement

राहत रकम प्राप्त गर्न सम्बन्धित निकायबाट मृतकको सनाखत हुनुपर्ने समितिले जनाएको छ।