April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पाकिस्तानका पूर्वप्रधानमन्त्री जमालीको निधन

2.1K

एजेन्सी- पाकिस्तानका पूर्वप्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको ७६ वर्षको उमेरमा निधन भएको छ ।

उनको बुधबार रावलपिन्डीस्थित एक अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि सैनिक अस्पताल भर्ना गरिएका उनको उपचारकै अवस्थामा हृदयघात भएर निधन भएको जनाइएको छ ।

जमाली सन् २००२ देखि २००४ सम्म पाकिस्तानको प्रधानमन्त्री भएका थिए ।

Advertisement

प्रधानमन्त्री इमरान खानले जमालीको निधनप्रति गहिरो दुःख प्रकट गर्दै समवेदना प्रकट गरेका छन् ।

बलुच समुदायका जमालीले पूर्वराष्ट्रपति परवेज मुसरफको शासनकालमा प्रधानमन्त्रीका रुपमा सेवा गरेका थिए ।