April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

टाटाकाे ‘एच फाइभ वन डे वन्डर’ याेजना

2.6K

काठमाडौं-टाटा मोटर्स नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटा एचफाइभ गाडीमा विभिन्न अफरसहितको ‘एचफाइभ वन डे वन्डर, इट्स नाउ ओर नेभर’ नामक एक दिने बृहत कार्यक्रमको आयोजना गर्दैछ। 

यो कार्यक्रम यही मंसिर २१ गते टाटा मोटर्स थापाथली सोरुममा हुँदैछ। योजनाअन्तर्गत उक्त दिन टाटाको एचफाइभ गाडी बुकिङ तथा प्रि-बुकिङ गर्ने ग्राहकहरुलाई टाटाको तर्फबाट भारी छुटसहित आकर्षक बोनस तथा आकर्षक उपहारहरु प्रदान गरिने छ।

त्यस दिन एचफाइभ बुकिङ गर्ने ग्राहकहरुले ३ लाख ५० हजार रुपैयाँसम्मको नगद छुट्, प्रत्येक बुकिङमा आइफोन ११, १ लाख ५० हजारसम्मको एक्सचेञ्ज लोयल्टी बोनस, १ लाखसम्मको एक्सचेञ्ज बोनस प्राप्त गर्ने छन्। साथै कम्पनीले जनाएअनुसार अर्ली बर्डस रजिस्ट्रेसन अन्तर्गत मंसिर १९ सम्म कम्पनीद्वारा उल्लेखित लिंकमा https://bit.ly/H5Offer गएर अनलाइनमार्फत प्रि–बुकिङ गर्ने ग्राहकहरुले अझै २५ हजार थप नगद छुट र २५ हजारसम्मको थप एक्सचेञ्ज लोयल्टी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

Advertisement