November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

निधि भन्छन्- देउवाले १३औं अधिवेशनमा मसँग गरेको प्रतिबद्धता पूरा गर्नुभएन

2.1K

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवाले १३औं महाधवेशनमा आफूसँग गरेको प्रतिबद्धता पूरा नगरेको बताएका छन्। १३औं अधिवेशनमा देउवालाई सभापति बनाउन आफूले महामन्त्रीको उमम्मेद्‌वार त्यागेको निधिले बताए।

१३औं महाधिवेशनमा संस्थापन पक्षबाट अर्जुनरसिंह केसी महामन्त्रीको उम्मेद्‌वार बनेका थिए। निधिले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पछि कांग्रेसमा आफू जिम्मेवार रहेको बताएका छन्।

‘१३औं महाधिवेशनमा उहाँले (देउवाले) मलाई १४औं महाधिवेशनमा सघाउने वचन दिनु भएको थियो। अचानक मैले सभापतिमा उठ्छु भनेर देउवालाई भनेको होइन’, निधिले भने, ‘मलाई नसोधीकन प्रदेशका केन्द्रीय सदस्यलाई बोलाएर उहाँले छलफल गर्नुभयो। किन साथ दिनु भएन उहाँले जान्नुहोला।’

Advertisement

सभापतिमा जित्न एउटा पक्षको साथ लिएर मात्र नहुने भन्दै फरक समूहका नेताहरूसँग पनि छलफल गरिरहेको निधिले बताए। ‘विगतमा पनि आफ्नै समूहको बलमा मात्रै सभापति जितेको उदाहरण छैन। मसहित शशांक कोइराला र प्रकाशमान सिंहबीच साझा धारणा तय गरेर जाने समझदारी छ। यो समझदारी लामो समयसम्म जान्छ। उम्मेदवार हुने अरुसँग पनि हामी कुरा गर्छौं’, निधिले थपे। 

उनले आफू सभापति भएर आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत ल्याउने वातावरण बनाउने बताए। निधिसँगको भिडियो अन्तर्वार्ता राति ८ बजे नेपाल लाइभको फेसबुक पेजमार्फत् प्रसारण हुनेछ।