April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

चित्लाङ-थानकोट सडकको स्तरोन्नति शुरु

6.1K

मकवानपुर – मकवानपुरको थाहा नगरपालिका-९ र काठमाडौँको चन्द्रागिरि नगरपालिका-७ को थानकोट जोड्ने साढे २२ किलोमिटर लामो गणेशमान मार्गको स्तरोन्नति  कार्य शुरु भएको छ। 

चन्द्रागिरि नगरपालिका-४ र ७ मा हाल चार किलोमिटर क्षेत्रमा चट्टान फोरी सडकलाई फराकिलो गर्ने काम भइरहेको छ। थानकोट-चित्लाङ-गणेशमान मार्ग सरोकार समितिका अध्यक्ष एवं वाग्मती प्रदेशसभा सदस्य रमा आलेमगरका अनुसार उक्त सडकमा ढल निर्माणका साथै ग्राभेल हाल्ने काम आगामी वर्षको वैशाखसम्म सम्पन्न हुनेछ।

उक्त सडकको स्तरोन्नति गर्न सङ्घीय सरकारले १३ करोड रुपैयाँ उपलब्ध गराएको छ। दोस्रो चरणमा उक्त सडकलाई कालोपत्र र ढलमा स्ल्याब निर्माण गर्ने कार्यका लागि वाग्मती प्रदेश सरकारले छुट्टै बजेट उपलब्ध गराउने मगरले बताए।

Advertisement

चित्लाङदेखि कुन्छालसम्म जोड्ने करीब १० किलोमिटर सडकलाई पनि फराकिलो बनाउँदै कालोपत्र गर्ने काम पनि धमाधम भइरहेको छ। केही साताभित्रै कुन्छालदेखि चित्लाङ सम्मको सडकखण्डमा साना सवारीसाधन सञ्चालनमा ल्याउने तयारी भइरहेको मगरले जानकारी दिए।   

चित्लाङ-थानकोट सडकको स्तरोन्नति गरिएपछि मकवानपुरको हेटौँडा र दामन, पालुङबाट मौसमी तरकारी, फलफूल, खाद्यान्न, इन्धन र औषधिलगायत सामग्री ढुवानी गर्न सहज हुने थाहानगरपालिकाका नगरप्रमुख लवशेर विष्टले बताए।