काठमाडौँ – १४ औं महाधिवेशनको मिति नजिकिरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्तरिक तयारी तिव्र बनाएका छन् ।
कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म राजधानी काठमाण्डुमा गर्ने कार्यतालिका रहेको छ ।
सभापति देउवाले सोही विषयमा केन्द्रीय सदस्यहरुसँग छलफल जारी राखेका हुन् । उनले आज बागमति र गण्डकी प्रदेशका केन्द्रीय सदस्यलाई बुढानिलकण्ठ बोलाएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले अहिले बागमति प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल जारी राखेका छन् । गण्डकीका केन्द्रीय सदस्यहरुसँग दिउँसो ३ बजे छलफल गर्ने कार्यसूची छ ।
उनले आफू १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने भएकाले सहयोग गर्न आग्रह गरेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए । सभापति देउवाले शनिबार प्रदेश नम्बर १ र २ का केन्द्रीय सदस्यहरुसँग छलफल गरेका थिए ।