April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

दशैँको भत्ता फिर्ता गर्ने भीम रावलको घोषणा

5.2K

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद भीम रावलले खातामा जम्मा भइसकेको दशैँ भत्ता फिर्ता गर्ने घोषणा गरेका छन्। कोरोना महामारीका समयमा सांसदले भत्ता लिनु ठिक होइन भन्दै नेता रावलले दशैँ  खर्च फिर्ता गर्ने घोषणा गरेका हुन्।  

‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो। हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दशैं भत्ता नलिने व्यवस्था गरियोस्,’ रावलले ट्वीटरमा लेखेका छन्, ‘सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ। मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ।’ 

उनले दशैँको भत्ता नलिनको लागि कुनै कानुन संसोधन गर्न नपर्ने उल्लेख गर्दै दशैँ भत्ता फिर्ता गर्ने बताएका हुन् । ‘दशैं भत्ताको रकम नलिन कुनै कानून संशोधन गर्न वा नयाँ कानून बनाउनु पर्दैन’ उनले लेखेका छन्।  काेराेनाकाे विषम परिस्थितिमा पनि सांसदका र उनका पीएले दशैँ भत्ता बुझेकाे भन्दै चाैतर्फी अालाेचना भइरहेकाे छ।  

Advertisement