गोरखा : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा झण्डै पाँच अर्ब कम रुपैयाँको बजेट ल्याएको छ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३ करोड रुपैयाँको बजेट ल्याएको हो। चालु आवको बजेट ३४ अर्ब ८० करोड रुपैयाँ छ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ १३ अर्ब ६ करोड ४७ लाख रुपैयाँ र पुँजीगततर्फ १६ अर्ब ७३ करोड ४६ लाख रुपैयाँ छ।