November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

बजेटमा शिक्षकका लागि विभेदकारी व्यवस्था गरियो : कांग्रेस

1.9K

काठमाडौं- नेपाली कांग्रेस शिक्षा विभागले आउँदो आर्थिक वर्षको बजेटमा शिक्षकहरूका लागि विभेदकारी व्यवस्था गरिएको भन्दै आपत्ति जनाएको छ।

बजेटमा निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई प्रदान गरिने सेवा तथा सुविधाको तुलनामा शिक्षक तथा प्राध्यापकलाई दिइने सेवा तथा सुविधामा सरकारले विभेद गरेको भन्दै कांग्रेसको शिक्षा विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बजेटले निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलब्ध गराउने व्यवस्था गरेपनि शिक्षकका हकमा भने यो व्यवस्था गरेको छैन।

Advertisement

यस्तै, निजामती कर्मचारीलाई १० लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा र १ लाख रुपैयाँको स्वास्थ्य बीमा प्रिमियम बापतको रकम सरकारले व्यहोर्ने व्यवस्था गरिएको उल्लेख छ।

‘यी दुवै सेवा तथा सुविधाबाट शिक्षक तथा प्राध्यापकलाई बञ्चित गरेकोमा खेद प्रकट गर्दै नेपाल सरकारलाई यस्तो विभेदको अन्त्य गर्न आग्रह गरिन्छ’, विभागले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले शिक्षक तथा प्राध्यापकवर्गको मागलाई आन्दोलनबाट मात्र बाध्य भएर सम्बोधन गर्ने गरिएको परिपाटीको अन्त्य गर्दै भविष्यमा यस्तो विभेदकारी स्थितिको अन्त्य गर्ने व्यवस्था मिलाउन आग्रह गरिन्छ।’